१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

फरवार्ड माइक्रोफाइनान्सद्धारा लाभांश घोषणा

१६ असोज, काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थाले लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्स यो वर्षका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको हो । मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको हो ।

अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १०:४३