१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

रिडीखोला जलविद्युतको विद्युत उत्पादन बन्द

१५ असाेज, काठमाडाैँ । रिडीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द रहेको कम्पनीले जनाएको छ । यही असोज ११ र १२ गते दिनभर आएको भिषण वर्षाका कारणले पहिरो गई यस आयोजनाको पेनस्टक पाईपमा क्षति पुगेकाले असोज १२ गते देखि उत्पादन बन्द रहेको कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ ।

रिडीखोला जलविद्युत आयोजनाद्धारा गुल्मी तथा पाल्पा जिल्लाको सिमाना भई बहने रिडीखोलामा (२.४ मेगावाट) आयोजना संचालनमा रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १५:५८