१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एभरेस्ट होटल र बसेरा बुटिक होटललाई ३–३ लाख जरिवाना

१५ असाेज, काठमाडाैँ । नयाँ बानेश्वरको दि एभरेस्ट होटल र बबरमहलको इमिरो प्लाजा अर्थात् बसेरा बुटिक होटललाई ३-३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाड लक्षित अनुगमनका क्रममा रिलेवलिङ गरेको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेकाले कारबाही गरेको जनाएकाे छ ।

दुवै होटलले उपभोक्ता हित विपरीतका क्रियाकलाप गरेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागले जनाएकाे छ

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १३:०१