१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच छुट सम्झौता

१५ असाेज चितवन । चितवनस्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । आइतबार एक समारोहबीच कलेजका एडिसनल डाइरेक्टर डा. मनोहर प्रधान र बैंकका चितवन प्रदेश प्रमुख सांग्रिला श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले कलेजको सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् । कलेजमा उपचार गराउँदा, एक्स–रे र यूएसजी सेवामा उक्त छुट पाऊन सकिने बैंकले जनाएको छ । छुटका लागि बैंकको डेबिट तथा त्रेडिट कार्ड वा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार ०९:२०