१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सदावहार गायक रामकृष्ण ढकाल एडिलेड आउदै

एडिलेड । सदावहार गायक रामकृष्ण ढकाल अक्टोवर ७ मा हुने सांगितिक कार्यक्रमका लागि एडिलेड आउने भएका छन् ।

ढकाल अष्ट्रेलियाको सांगितिक टुरको क्रममा गत हप्ता सिड्नी आईपुगेका हुन् ।  शनिवार साँझ सिड्नीको स्थानिय रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरेका थिए  । ‘बिहान उठ्ने वितिकै’ गीत बाट शुरु गरेका गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बाचुन जेलिलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, गाएका थिए । एक महिना लामो साङ्गीतिक प्रस्तुती लिएर दर्शक तथा स्रोतासँग साक्षात्कार गर्ने तयारी गरिरहेका गायक ढकाल अब सिड्नी पछि एडिलेड , क्यानबेरा, न्युक्यासल, मेलबर्न लगायतका सहरमा गुञ्जिँने छन् ।

यसै क्रममा एडिलेडमा अक्टोवर ७ मा एभरेष्ट इभेन्ट सेन्टरमा कार्यक्रम आयोजना हुने भएको आयोजक सार्ङ्गी ईभेन्टका निर्देशक विकास पौडेलले बताए । पौडेलले साँझ ५ बजेबाट दर्शकहरुको प्रवेश शुरु हुने बताए । ढकालको प्रस्तुति अगाडि केहि यहा क्रियाशिल केहि स्थानिय कलाकारहरुले समेत प्रस्तुति दिने भएका छन् ।

निर्देशक पौडेलका अनुसार प्रवेश शुल्क १०० तोकिएको र तिन कोर्ष खानको व्यवस्था गरिएको बताए । अठार वर्ष उमेर समुहका माथीका लागि आयोजित कार्यक्रममा ढकालका चर्चित गितहरु सुन्दै खानाको आनन्द उठाउन पाउने समेत उनले बताए ।

रामकृष्ण ढकालका कालजयी गित संगितका पारखीहरुलाई प्रवासमा व्यस्त जिन्दगी विचमा एउटा राम्रो समय विताउन पाउने अबसर समेत हुने आयोजकहरुको विश्वास रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार ०७:५०