१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गोरखाबाट काठमाडौँ आउँदै गरेको बस तीन दिनदेखि सम्पर्कबिहीन, खोजीका निम्ति अपिल

१३ असोज, काठमाडौ । गोरखाबाट काठमाडौँ आउँदै गरेको बस तीन दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसपछि सम्पर्कबिहीन भएको पाइएको छ ।

गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस असोज ११ गते राति १० बजे खानीखोलासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कबिहीन भएको समितिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।

बस असोज ११ को बिहान गोरखाको धार्चे गाउँपालिका लापुबेँसीबाट काठमाडौँका लागि छुटेको थियो । समितिले जति खोज्दा पनि बस, चालक र सहचालक सम्पर्कमा नरहेकाले खोजीमा सहोयग गर्न सबैसँग अपिल गरेको छ ।

११ राति केही गाडी झ्याप्ले खोलाको पहिरोमा पुरिएको पाइएको छ । केही गाडी र त्यस सवारहरूको शव शनिबार राति निकालिएको छ । तर हराएको भनिएको बसको बारेमा अहिलेसम्म अवस्था अज्ञात नै रहेको छ । बस खानीखोलादेखि नागढुंगाकै बीचमा कतै हराएको आशंका गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आईतवार ०८:००