भ्रष्टाचार नियन्त्रणका प्रयासहरु र अबको कार्यदिशा
–पोष्ट केसी
भ्रष्टाचार भन्नाले भ्रष्ट+आचार गरी दुई पदावली मिलेर बनेको हुन्छ । यस अर्थ हुन्छ खराव आचरण, बानी व्यहोरा वा हुने काम नगर्ने, नहुने काम गर्ने वा कर्तव्य विमुख कर्मको फल नै भ्रष्टाचार हो । भ्रष्टाचारको परिभाषाको वारेमा विभिन्न विद्धानहरुको फरक फरक धारणा छ तर धेरै जसो विद्धानहरुले पद र शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो भनेका छन । सदाचार भनेको राम्रो आचारण, सवैलाई भलो चिताउने संस्कार भएकोलाई बुझिन्छ । भ्रष्टाचार र सदाचार यी दुई शव्द एकअर्काका विपरित ध्रुर्व हुन । भ्रष्टाचार बढयो भने सदाचार घट्छ र सदाचार बढयो भने भ्रष्टाचार घट्छ । त्यसैले अशल र सभ्य समाज निर्माण गर्नको लागि सदाचार शिक्षा र संस्कारको विकास गर्नु आजको आवश्यकता पनि हो ।
भ्रष्टाचार नियन्त्रणका प्रयासहरु विकसित राष्ट्रमा भन्दा अल्पविकसित राष्ट्रमा अपेक्षित रुपमा असफल भएको तथ्यांकले देखाउछ । नेपाल पनि भ्रष्टाचार वढी हुने देशमा पर्छ । नेपालको विकास र समृद्धि नहुनुको प्रमुख कारण भ्रष्टाचार हो भन्ने कुरा सरकार,नागरिक समाज, नागरिक र संचार गृहको पनि दावी छ । २०४६ सालको राजनीतिक परिवर्तन पछि करिव २६ वटा भन्दा वढी सरकार गठन भए सवैले भ्रष्टाचारविरुद्ध सुन्य शहनशीलताको रटान दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विभिन्न कालखण्डमा भ्रष्टाचारविरुद्ध ठुला अपरेशन पनि संचालन गरयो । नागरिक संस्थाले पनि दलित होईन, भ्रष्टाचारीलाई चुलो चौकोमा बहिष्कार गरौं भन्ने अभियान वस्ती वस्तीमा पनि संचालन गरे तर भ्रष्टाचार दर घटने भन्दा पनि वृद्धितिर उन्मुख भयो यसका पछि के के कारण छन ?
गम्भीररुपमा समिक्षा र बहस हुनु पर्दछ । नेपालमा भ्रष्टाचार व्यापक छ भन्ने कुरा टा«न्सप्यारेन्सी ईन्टरनेसनलले सार्वजनिक गरेको सन २०१७ को भ्रष्टाचार अवधारणा सूचक ९अयचचगउतष्यल उभचअभउतष्यल ष्लमभह० प्रतिवेदनले सोही कुरालाई पुष्टि गर्न खोजेको छ । यो सर्वेक्षण कुल १ सय ८० देशमा गरेको थियो । १ सयमा ० अंक ल्याउने वढी भ्रष्टाचार गर्ने देश हो भने वढी अंक ल्याउने कम भ्रष्टाचार हुने देश भनेर मानिन्छ । नेपाल ३१ अंक ल्याएर १२२ औं स्थानमा छ भने न्युजिल्याण्ड र डेनर्माक ८९ र ८८ अंक ल्याएर पहिलो र दोस्रो भ्रष्टाचार नगर्ने सुचीमा दर्ज भएका छन । सवै भन्दा कम ९ अंक ल्याउने सोमालिया पहिलो र १२ अंक ल्याउने दक्षिण सुडान दोस्रो भ्रष्टाचार गर्ने देशमा दर्ज भएको छन ।
दशिण एशियामा वढी भ्रष्टाचार गर्ने देशमा २८ अंक ल्याएर बंगलादेश पहिलो छ भने दोसो भ्रष्टाचार हुने देश नेपाल छ जसले ३१ अंक ल्याएको छ । विगत ४ वर्षको ऋएक्ष् प्रतिवेदनलाई हेर्दा नेपालले सन २०१३ देखि अहिले सम्म खासै सुधार आएको छैन । ग्लोवल क्रप्सन व्यारो मिटर सर्वे २०१३ का अनुसार भ्रष्टाचार सवै क्षेत्र राजनीतिक, कर्मचारी, सांसद, प्रहरी, सेना, गैर सरकारी क्षेत्र, नीजि क्षेत्र र संचार क्षेत्र सम्म पनि केही केही भ्रष्टाचार हुने गरेको देखाएको छ । सो सवेक्षणमा सवै भन्दा भ्रष्टाचार राजनीतिक दल ४.४ प्रतिशत, दोस्रोमा सरकारी कर्मचारी ४.४ प्रतिशत तेस्रोमा प्रहरी ४.३ , सातौमा नागरिक संस्था ३.२ प्रतिशत र अन्तिममा संचार २.८ प्रतिशत भ्रष्टाचार गर्ने गरेको सो प्रतिवेदनमा उल्लेख छ । समय समय हुने ठुला तथा चर्चित भ्रष्टाचारका काण्डहरु जस्तै लाउडा एयर, सुडान घोटला, वाइड वोडि, ३३ केजी सुन, चुडामणि काण्ड र सरकारी कार्यालयमा नियमित रुपमा बाहिर आउने घुसहरुले पनि नेपालमा भ्रष्टाचार माथी देखि तल सम्म हुन्छ भन्ने कुरालाई पुष्टि गर्दछ ।
भ्रष्टाचार किन कम भएनः
भ्रष्टाचार नियन्त्रण गर्नको लागि २०४७ साल देखि नेपाल सरकारले संवैधानिक आयोग जसलाई हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्छौ सोही मार्फत व्यापक रुपमा उपचारात्मक र रोकथाम दुवै विधि संचालन गरेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा अख्तियारमा कुल १९ हजार ४ सय ८८ उजुरी दर्ता भएका थिए भने १ सय ९३ वटा भ्रष्टाचार सम्वन्धी मुद्धाहरु विशेष अदालतमा दायर भएका छन । नागरिक संस्थाहरुले पनि भ्रष्टाचारविरुद्ध गाँउ गाँउ वस्तीस्तरमा व्यापक रुपमा जनचेतनाका कार्यक्रमहरु संचालन गरिरहेका छन । अख्तियारमा परेको उजुरी, विशेष अदालतमा दायर मुद्धाहरु र नागरिक संस्थाहरुको गतिविधिलाई विश्लेषण गर्ने हो भने भ्रष्टाचारविरुद्ध राज्य र नागरिक संस्थाहरु सक्रिय रुपमा वढेको देखिन्छ तर परिणाम भने जनअपेक्षित रुपमा आउन सकिरहेको छैन । भ्रष्टाचार न्यूनीकरण नहुनुमा सवभन्दा प्रमुख जड भनेको राजनीतिक दल र यिनीहरुका भातृसंस्थाहरु भ्रष्टाचारविरुद्धको अभियानमा उदासिनता हुनु हो भने अवैध धनलाई समाजमा सम्मान गर्ने संस्कारको विकास हुनु, राज्यका संवैधानिक निकायलाई दवाव र प्रभावमा राख्नु, दण्डहिनताले प्रसय पाउनु, सार्वजनिक पदमा बस्ने व्यक्तिहरुमा ईमान्दारीताको खडेरी देखिनु, भ्रष्टाचारीलाई फसाउने भन्दा पनि बचाउनेतिर राज्यका निकाय लाग्नु, नागरिकमा भ्रष्टाचार र यसको असरको वारेमा कम चेतना हुनु जस्ता कारणहरु रहेका छन ।
भ्रष्टाचार नियन्त्रणका उपायहरुः
१) भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि उपचार विधि भन्दा रोकथाम विधि वढी प्रभावकारी र दिगो हुन्छ । वस्ती वस्तीवाट भ्रष्टाचारविरुद्धका जनचेतनामुलक कार्यक्रम संचालन गरी भ्रष्टाचारजन्य गतिविधिलाई सामाजिक रुपमा बहिष्कार तथा रुत्साहित गर्न सक्नुपर्छ । भ्रष्टाचारीलाई सम्मान होइन, सामाजिक बहिष्कार गर्नुपर्छ ।
२) सरकारले भ्रष्टाचार नियन्त्रण गर्न बनाएका कानुनलाई प्रभावकारी रुपमा कायान्वयन गर्नुपर्छ । भ्रष्टाचारी जुनसुकै व्यक्तिको नाता पर्ने भएपनि कानुनी रुपमा समाज र राष्ट्र निर्माणको किरो हो यसको समुल नष्ट गर्नुपर्छ ।
३) भ्रष्टाचारविरुद्ध सदाचारको वारेमा पाठयक्रम विकास गरी विद्यालयस्तरमा सदाचार शिक्षाको वारेमा पढाई शुरु गर्नुपर्छ अनि मात्र प्रभावकारी हुन सक्छ ।
४) भ्रष्टाचाको जड के हो सो वारे अध्ययन गरेर योजनावद्धरुपमा अगाडि वढनुपर्छ ।
५) सवैको नीतिहरुको मुलनिति राजनीति भएको हुनाले राजनीतिक दल र कार्यकर्ताहरुमा झांगिदै गएको भ्रष्टाचार चाहे त्यो नीतिगत होस चाहे त्यो वस्तुगत किन नहोस कुनै हालतमा रोकिनु पर्छ । भ्रष्टाचारको मुल जड भनेको राजनीतिक दल हो भन्ने व्यापक जनगुनासो छ यसलाई दलहरुले मेटाउनुपर्छ ।
६) आर्थिक कारोवार अव देखि पेपरलेस (अनलाइन) प्रणालीको विकास गर्न अग्रसर हुनुपर्छ ।
७) सार्वजनिक पद धारण गरेका व्यक्तिहरु को हैसियत मापन सर्वे प्रारम्भ गर्नुपर्छ ।
८) राज्यले अनुशासन पर्वको घोषणा गर्नुपर्छ
९) भ्रष्टाचारविरुद्धको पहल अव आफैवाट आजैवाट, कुरा भन्दा कामवाट भन्ने मुलमन्त्रका साथ अगाडि बढन जरुरी छ ।
अन्तमा भ्रष्टाचारविरुद्ध सदाचार अभियान व्यापक रुपमा राष्ट्रिय पर्वको रुपमा हरेक नागरिक, नागरिक संस्था, नीजि क्षेत्र र संचारले हातमा हात काँधमा काँध मिलाएर गाँउ गाँउ वस्ती वस्तीवाट जनमत तयारगरी भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटनुपर्छ, साथै सरकारले भ्रष्टाचारीलाई निर्मम रुपमा कावाही वा दण्ड दिनुपछै, अनि मात्र भ्रष्टाचारविरुद्ध सदाचार पद्धति मार्फत सुसस्कृत समाज, समृद्ध नेपाल बनाउन सकिन्छ ।
इमेलः [email protected] केसीलार्इ फेसबुकमा पनि भेट्न सकिन्छ ।
प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार ११:५१