९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी

९ असोज, दाङ ।  दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ‍न्। उनीहरू एकै परिवारका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार भइरहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको उपचारका क्रममा बुधबार बिहान तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर चट्याङ लागेर घाइते भएका थिए।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १४:०२