७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गीत संगीतसँगै सामाजिक योगदानमा गुल्मी कलाकार समाज

-बैकुण्ठ महत

गुल्मी कलाकार समाजले यही असोज ५ गते शनिवार दोस्रो अधिवेशन सम्पन्न गरेको छ । काठमाण्डौको अनामनगर स्थित किम्ची रेष्टुरेण्टमा सम्पन्न भएको उक्त अधिवेशनले गायिका तथा कार्यक्रम सञ्चालिका मञ्जु पौडेलको नेतृत्वमा २१ सदस्सीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संस्थाको विधान अनुसार २३ सदस्सीय कार्यसमिति हुनुपर्नेमा २ जना सदस्यहरु पछि मनोनित हुनेछन । संस्थाले उपाध्यक्ष रामचन्द्र चन्दको स्वास्थ्य उपचारका लागि यही असोज १४ गते सांस्कृतिक संस्थान जमलमा रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ २०८१ को आयोजना गरेको छ । यसरी विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा क्रियाशील गुल्मी कलाकार समाजको स्थापना देखि आजसम्म प्रत्यक्ष तथा परोक्ष रुपमा जोडिएको कारणले संस्थाको बारेमा केही जानकारी सार्वजनिक गर्ने ध्ययका साथ यो लेख तयार गरेको छु ।

गुल्मी

गुल्मी जिल्ला नेपालका सात प्रदेश मध्ये लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला हो । दुईवटा संघीय निर्वाचन क्षेत्र, चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुईवटा नगरपालिका र दशवटा गाउँपालिकाहरु रहेका छन् । जम्मा त्रियानब्बे वटा वडा रहेको गुल्मीको जनसंख्या जनगणना २०७८ अनुसार २,४६,४९४ रहेको छ । गुल्मीमा जन्मिएर जिल्ला बाहिर बसोबास गर्नेहरुले सामाजिक एकता र सद्भावको विकास गर्ने तथा जन्मभूमिको तिर्सना मेटाउने गरी संस्थाहरु स्थापना गरेका छन् । जसमध्ये गुल्मी कलाकार समाज पनि एक हाे । गुल्मी जिल्लामा पैत्रिक सम्बन्ध भई जिल्ला बाहिर बस्ने कलाकारहरुले त्यहाँका मौलिक गीतसंगीत तथा संस्कृतिको प्रसार देश तथा विदेशमा गर्ने उद्देश्यका साथ गुल्मी कलाकार समाजको स्थापना भएको हो । यस संस्थाले गीत संगीतका साथै सामाजिक गतिविधिबाट पनि योगदान पु¥याउने लक्ष्यमा अगाडी बढीरहेको छ ।

गुल्मी कलाकार समाजको स्थापना

गुल्मी कलाकार समाजको स्थापना पूर्व समय समयमा भेटघाट र छलफलहरु भएका थिए । यसै सन्दर्भमा वि.सं.२०७३ साल चैत्र १२ गते अनामनगर काठमाडौं स्थित बाजेको सेकुवामा भएको भेटघाट पहिलो प्रयास थियो । जसले गुल्मीमा पैत्रिक सम्बन्ध भएका कलाकारलाई समेट्ने उद्देश्य लिएको थियो । यो भेटघाट जुटाउनेक्रममा भरतबहादुर चन्दले विशेष भुमिका निर्वाह गर्नुभएको थियो ।

वि.सं.२०७५ साल जेष्ठ २ गते बुधवार थापागाँउ स्थित कार्निभल रेष्टुरेण्टमा गुल्मी कलाकार समाजको तदर्थ समिति गठन गरी दर्ताको प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको थियो । जम्मा १९ जना रहेको उक्त समितिको संयोजक बोमबहादुर कार्की र सहसंयोजक श्रीप्रसाद थापा रहनु भएको थियो भने सदस्यहरुमा मञ्जु पौडेल, गायत्री थापा, सन्तोष के.सी., कमल जी.सी., सुनिल थापा, शितल पाण्डे, विनय खत्री, बिजु बज्र, अनु गुरुङ्ग, शान्तारानी परियार,पुरुषोत्तम भण्डारी, महेन्द्र गौतम, चुमान काउछा, रामचन्द्र चन्द, बैकुण्ठ महत, शिवा आले र सन्तोष लम्साल हुनुहुन्थ्यो । यसै तदर्थ समितिले वि.सं. २०७५ साल जेष्ठ २८ गते गुल्मी कलाकार समाज नामको संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको थियो । दर्ता नम्बर ८३८ रहेको संस्थाको ठेगाना काठमाण्डौ ११ बबरमहल रहेको छ । संस्थाको स्थापनामा अगुवाई गर्नेक्रममा सहसंयोजक श्रीप्रसाद थापाको सक्रियता प्रशंसनिय रहेको थियो । यद्दपि यसमा संयोजक लगायत सबैको सहयोग उत्तिकै रहेको थियो ।

वि.सं २०७५ साल श्रावण १२ गतेको वैठकले संस्थापक सदस्यहरुले आजीवन सदस्यता लिने निर्णय गर्नुका साथै वैठकमा उपस्थित १८ जना संस्थापक सदस्यहरुबाट रु ५००१÷–का दरले रकम संकलन गरिएको थियो । जसमा श्रीप्रसाद थापा, सन्तोष लम्साल, अनु गुरुङ्ग, मञ्जु पौडेल, शितल पाण्डे, विनय खत्री, सुनिल थापा, रामचन्द्र चन्द, सन्तोष के.सी., बैकुण्ठ महत, गायत्री थापा, शान्तारानी परियार, बिजु बज्र, महेन्द्र भण्डारी, बोमबहादुर कार्की,कमल जी.सी. र शिवा आले कार्की हुनुहुन्छ । यसैक्रममा संस्थापक कार्यसमिति बाहिरबाट सर्जक नेत्र अर्यालले पनि आजीवन सदस्यता लिनुभएको थियो । संस्थाले जम्मा १९ जनालाई आजीवन सदस्यता वितरण गरेको थियो ।

वि.सं २०७५ साल असोज १३ गते माननीय मन्त्री गोकर्णराज विष्टको प्रमुख आतिथ्यतामा विजया दशमी शुभकामना कार्यक्रम पानको पात दोहोरी साँझमा आयोजना गरी आजीवन सदस्य र संस्थापक सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रममा पूर्व सभासद चन्द्र भण्डारी, पूर्व जि.वि.स. सभापति भरतबहादुर चन्द, गणेश श्रीपाली र नगेन्द्र अर्याल अतिथिका रुपमा उपस्थित हुनुहुन्थयो ।

संस्थाको पहिलो अधिवेशन २०७५

वि.सं २०७५ साल फाल्गुण ४ गते गुल्मी कलाकार समाजको प्रथम अधिवेशन बालाजुको बाइसधारामा वनभोज कार्यक्रमका साथ सम्पन्न भएको थियो । अधिवेशनले १९ सदस्सीय कार्यसमिति २३ पुराउने गरी विधान संशोधनको प्रस्ताव लिएर बोमबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । जसमा अध्यक्ष बोमबहादुर कार्की, उपाध्यक्ष मञ्जु पौडेल, उपाध्यक्ष बिजु बज्र, महासचिव श्रीप्रसाद थापा, सचिव कमल जी.सी., कोषाध्यक्ष सन्तोष के.सी., सहकोषाध्यक्ष गायत्री थापा र सदस्यहरुमा शिवा आले कार्की, सन्तोष लम्साल, महेन्द्र गौतम, शान्ता परियार, पवित्रा सर्तुङ्गे मगर, नरेश खाती, अनु गुरुङ्ग,प्रसाद खप्तरी मगर, महेन्द्र भण्डारी, तुलसिंह रनपछाई र विनय खत्री रहेको १८ सदस्सीय कार्यसमिति चयन गरेको थियो । संशोधित विधानका आधारमा अधिवेशन पछि बसेको प्रथम वैठकले संस्थापक सदस्यहरु रामचन्द्र चन्द र सुनिल थापालाई क्रमसः उपाध्यक्ष र प्रवक्तामा मनोनित गरेको थियो ।

dainiki.com

वि.सं.२०७५ फाल्गुण ८ गतेको नवनिर्वाचित कार्यसमितिको दोस्रो वैठकले बाबुराम पन्थी र तिलक बस्नेतलाई मनोनित गरिएको थियो । वि.सं. २०७५ साल चैत्र २३ गतेको वैठकले शितल पाण्डेलाई सदस्यमा मनोनित गरिएको थियो । यो कार्यसमितिले भित्तेपात्रोको प्रकाशन गरी गुल्मी जिल्लाका सबै पालिकामा पु¥याएको थियो । यसै बीचमा संस्थाका वरिष्ठ उपाध्यक्ष बिजु बज्रको निधन भएको थियो । उहाँको शोकसभामा सहभागी हुँदै संस्थाले उहाँको स्मृतिमा रु ११ हजार १ सय ११ रूपैयाँ पुरस्कार स्थापना गरी वितरण गर्ने निर्णय गरेको थियो । त्यसपछि विश्वमा आएको कोरोना महामारीका कारण संस्था अपेक्षित रुपमा क्रियाशील हुन सकेन तथापि २०८१ सालमा आएर संस्थाले दोस्रो अधिवेशन सम्पन्न गर्दै अन्य कार्यक्रममा जुटेको छ ।

संस्थाको दोस्रो अधिवेशन २०८१

वि.स.२०८१ असोज ५ गते शनिवारका दिन संस्थाले आफ्नो दोस्रो अधिवेशन सम्पन्न गरेको छ । बोमबहादुर कार्कीको अध्यक्षता, श्रीप्रसाद थापाको सञ्चालन र पूर्व सचिव युवराज भुसालको प्रमुख आतिथ्यता, राजनीतिज्ञ बुद्घि जी.सी., राजेन्द्र अर्याल, समाजसेवी लोकबहादुर टण्डन, उपप्राध्यापक विष्णु पन्थीको विशेष आतिथ्यता रहेको कार्यक्रममा बिजु बज्र स्मृति सम्मान २०८१ गुल्मी चन्द्रकोट गाउँपालिका निवासी अग्रज गायक तथा संस्कृतिकर्मी बलबहादुर नेपालीलाई प्रदान गरिएको थियो ।

गुल्मी कलाकार समाजले अधिवेशन पूर्व सदस्यता वितरण अभियान सञ्चालन गरेको थियो । जसअनुसार आजीवन सदस्यता लिनेहरुमा बाबुराम पन्थी, उज्वल गिरी, पुरुषोत्तम भण्डारी, रामप्रसाद पौडेल, तुलसिंह रनपछाई, बुद्घ गौतम, अर्जुन कुँवर, नन्दु परियार, तिलक बस्नेत, प्रकाश बस्नेत, बलबहादुर नेपाली, शान थापा, बिक्रमबाबु विश्वकर्मा, ओबी रायमाझी, कृष्ण विश्वकर्मा, रुपा घर्ती मगर, सन्तोष क्षेत्री, बन्दना पाण्डे र शुसिला थापा गरी १९ जना हुनुहुन्छ । हालसम्म संस्थामा ३८ जना आजीवन सदस्यहरु हुनुहुन्छ ।

संस्थाको दोस्रो अधिवेशनले अध्यक्ष मञ्जु पौडेल, उपाध्यक्ष रामचन्द्र चन्द, उपाध्यक्ष गायत्री थापा, उपाध्यक्ष बाबुराम पन्थी, महासचिव कमल जी.सी.,सचिव सन्तोष लम्साल, कोषाध्यक्ष सन्तोष के.सी.,सहकोषाध्यक्ष महेन्द्र भण्डारी, प्रवक्ता तुलसिंह रनपछाई,सदस्य शान्तारानी परियार,सदस्य पुरुषोत्तम भण्डारी, सदस्य प्रसाद खप्तरी मगर,सदस्य तिलक बस्नेत, सदस्य रुपा घर्ती मगर,सदस्य ओबी रायमाझी, सदस्य नन्दु परियार,सदस्य उज्वल गिरी, सदस्य अर्जुन कुँवर,सदस्य गोविन्द पराजुली, सदस्य नविन परियार,सदस्य बिक्रमबाबु विश्वकर्मालाई सर्वसम्मत चयन गरेको छ । अघिल्लो कार्यसमितिले निर्णय गरिसकेको रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ २०८१ सम्पन्न गर्नुका साथै अन्य कार्यक्रम तय गरी अगाडी बढ्नेछ ।

गुल्मेली संगीतकर्मी
गुल्मी जिल्लामा संगीतपारखीहरु थुप्रै हुनुहुन्छ । त्यसमध्ये कतिपयले रहर गर्ने र कतिपयले पेशा बनाई अगाडी बढेको पाईन्छ । गुल्मीमा जन्मिएर नेपाली गीत संगीतमा लागेका संगीतकर्मीहरुको हालसम्म प्राप्त तथ्याङ्क यसप्रकार रहेको छ ।

(इस्मा ६, गुल्मीका महत गुल्मी कलाकार समाजका संस्थापक सदस्य हुनुहुन्छ । उहाँ राष्ट्रिय जनसंगीत कलाकार संघको अध्यक्ष पनि हुनुहुन्छ । उहाँलाई फेसकुबमा पनि भेट्न सकिन्छ । सम्पादक)

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १४:१२