७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

७ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो । भेटवार्तामा द्धपक्षीय हितका विषयमा कुरा भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । तस्बिरः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ०५:३१