२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

‘धनराज गुरूङले पार्टी र संसदको जिम्मेवारीबाट अलग भएर छानविनमा सहयोग गर्नुपर्छ’

५ असोज, काठमाडाैँ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री भिमसेन दास प्रधानले पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री प्रधानले नेपालमा सबैभन्दा बढि विकास भएको भनेको भ्रष्टाचार नै रहेकोले यसको नियन्त्रणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुयभो,‘यो त उहाँले आत्मनिर्णय र आत्मसमिक्षा गर्ने कुरा हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमिक्षा गर्नुपर्छ । धनराजले संसद्मा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस भन्नुभयो । छानबिनले कारबाही सिफारिश गरेको छ । कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद्को बैठकमा उपस्थित हुन्नँ भन्नुपर्यो । अहिले नै संसद्बाट पनि राजीनामा दिन सकिन्छ । भुटानी शरणार्थी प्रकरणमा खाँणमाथि पनि राजीनामाको विषय उठेको थियो । स्वविवेकले राजीनामा दिनुपर्छ भन्ने हो मेरो त । उहाँले उपसभापतिबाट राजीनामा दिनुपर्छ ।’

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १७:२९