३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

-बालिका बान्तावा

तिम्रो यादहरूलाई-

जतन गरि पच्छ्याउरीमा गाठो पारेर राखेथे

तर-

एक दिन थाहै नपाई फुकेछ गाठो समेट्नै नसकिने गरी भुईभरीभरी छरीए तिम्रो यादका टुक्राहरू

स्थायी त कहा हुदो रहेछ र ?

समयसँगसगै मक्कि जादो रहेछ यादहरू पनि

अनि मेटिदै जाने रहेछ सँगै कोरेका जीवनका रेखाहरू

सम्झन्छु –

धड्कीरहेको धड्कन छिटो छिटो चलेको त्यो पलहरू

साच्चै अध्यरो लाग्थ्यो ब्रमाह्णड

सोच्ने गर्थे अब यति हो जीवन ।

ला…!

अब को बनिदिने मेरो बैसाखी ?

कसरी देख्छु र जीवनको बाटो ?

अनि कसरी पुग्नु गन्तब्यमा ?

तर यि त सब ……सब भ्रम रहेछ तिमी प्रतिको बिश्वास र भरोसा रहेछ ।

सोच्नै सकिन तिम्रो छहारी बिनाको शितलता

सोच्नै सकिन बिकल्पमा अरू केही

तर मेरो समय बाकि नै थिएछ अझै

बेहोसीमै हिडिरहे हिडिरहे पर …पर निकै पर

पुगेपछी थाहा भयो एउटा बाटो बन्द भए

अर्को बाटोको शुरूवात हुने रहेछ र त हिडि नै रहेछु निरन्तर निरन्तर… ।

प्रकाशित मिति : September 21, 2024 at 1:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/