२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

इपिएलकाे उपाधिका लागि भैरहवा ग्लाडिटयर्स र ललितपुर पेट्रियट्सबीच प्रतिस्पर्धा हुने

५ पुस, काठमाडौँ । एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै भैरहवा ग्लाडिटयर्स फाइनलमा प्रवेश गरेको छ । भैरहवाले अब उपाधिका लागि ललितपुर पेट्रियट्ससँग खेल्नेछ ।

कीर्तिपुर क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १ सय रनमा अलआउट भयो । २९ रन बनाउँदा तीन विकेट गुमाएको काठमाडौंका लागि रोहनले मुस्तफा ६, नरेश बुढाऐरले २ रन बनाए भने केभिन ओब्राइनले खाता खोल्न सकेनन् ।

अमित श्रेष्ठपनि मात्र १३ रनमा आउट भए भने प्रविन साहुले २५ तथा सोमपाल कामीले सात रन बनाए । त्यसपछि सन्दिप रिजाल २७ रनमा आउट भएपछि काठमाडौं सस्तैमा अलआउट भयो । बलिङमा भैरहवाका कुशल मल्लले तीन विकेट लिए ।

जवाफमा भैरहवाले १७ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । १० रनमा पहिलो विकेट गुमाएको भैरहवाले ३५ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । उसका रोयन टेन डोच्केटले ४५ रन बनाए भने रवी इन्दर सिंहले ३ रनको योगदान गरे । उसका ओपनर प्रदिप ऐरी ३ तथा आरिफ शेख ५ रनमा आउट भए ।

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार १६:०१