४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

४ असोज, काठमाडौँ । कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहले पाउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन शुक्रबार अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहको जिम्मेवारी विकास मन्त्री प्रकाशमान सिंहलाई तोकिएको हो ।

प्रधानमन्त्रीको अनुपस्‍थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्रीलाई कार्यवाहक तोकिएको राष्‍ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कने कार्यक्रम  रहेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार १२:५५