३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सैनिकमञ्चमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

३ असोज, काठमाडौं । टुँडिखेल सैनिकमञ्चमा संविधान दिवसको अवसरमा आज विशेष समारोह आयोजना गरिएको छ ।२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले असोज ३ लाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ ।

संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन् ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् भने शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

संविधान दिवसको अवसरमा आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा कार्यक्रम आयोजना गरेका छन् । साथै नारायणहिटी दरबार अगाडिको सडकमा पनि आज साँझ सांगीतिक कार्यक्रम  आयोजना गरिएको छ । यी कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार ११:१६