३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

पार्टी कार्यालय भवन बनाउन जग्गा खोज्दै एमाले

२ असोज, काठमाडौँ । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि आगामी मङ्सिरसम्म जग्गाको पहिचान र व्यवस्थापन गर्ने भएको छ । २०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि एमाले केन्द्रीय कार्यालय भाडामा सञ्चालन गर्दै आएको छ । उक्त भवन आवश्यकता अनुसार नभएको भन्दै एमालेले आफ्नै भवन निर्माण गर्ने निर्णय गर्दै आएको छ ।

बल्खुको कार्यालय भवन भत्किएपछि एमालेले थापाथली, च्यासल र धुम्बाराही गरी तीन ठाउँमा भाडाको घरमा पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ । यसअघि नै एमालेले आफ्नै कार्यालय भवन बनाउने भन्दै पार्टी सदस्यबाट न्यूनतम एक सय रुपैयाँ सङ्कलन गर्ने अभियान सुरु गरिसकेको छ । यधपी, एमालेले पार्टी कार्यालय भवन निर्माणका लागि भने ५ बुँदे कार्ययोजना तयार समेत गरेको छ ।

२०७८ साल वैशाख ९ गते बल्खुस्थित पार्टीकै नाममा रहेको १३ रोपनी जग्गामा भवन निर्माण गर्न  एमाले अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास नै गर्नुभएका थिए । तर उक्त जग्गा अपुग भएकाले अहिले पुन जग्गा खोज्ने अभियानमा एमाले लागेको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १३:३७