३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२ भदौ, काठमाडौँ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उकत सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ३०७ रुपैयाँ तोकिएको छ ।

सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असोज १६ गते तोकिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार १०:१६