२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर, यस्ताे छ नयाँ मूल्य

३१ भदाै, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले असाेज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि ब्याजदर बढाएर सार्वजनिक गरेकाे हाे ।

बैंकले व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंकले यसअघि भदौ महिनाका लागि भने व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

यस्तै बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै बैंकले संस्थागतर्फ पनि ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि २ वर्षसम्मका लागि ३.३० प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । भदौ महिनाका लागि संस्थागतर्फ बैंकले अधिकतम ४ प्रतिशत ब्याज दिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ११:५२