२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

एभरेष्ट बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक

३१ भदाै, काठमाडाैँ । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले असोज महिनाका लागि ब्याजदर घटाएको छ । भदौ महिनामा बैंकले व्यक्तिगत निक्षेप तर्फ ६.१० प्रतिशत र संस्थागत तर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । तर, असोज महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत कायम गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार ११:३७