२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सीईडीबी हाइड्रोद्धारा लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

३० भदाै, काठमाडौँ । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश र हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदाै २९ गते बैठकले सेयरधनीहरूलाई लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस सेयर जारी गरेपछि चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने जनाएको छ ।

लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा असोज २१ गते बिहान १० काठमाडौँमा बस्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १२:४१