२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

हाथवे इन्भेष्टमेन्टद्धारा लाभांश घोषणा

२८ भदाै, काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

भदौ २७ गते बसेको कम्पनी संचालक समितिको बैठकले यो वर्ष सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात वितरण हुनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ११:३४