२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

ए डिभिजन लिगः थ्रीस्टार र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै

४ पुस, काठमाडाैँ । पल्सर शहीद स्मारक ए डिभिजन लिगमा अाज थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । लिगको महत्वपूर्ण यो खेलले थ्रीस्टारको उपाधि अभियानको सम्भावना थप प्रस्ट्याउने छ । किनभने तालिकामा थ्रीस्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंकसहित चौथो स्थानमा छ ।

थ्रीस्टार पराजित भएको खण्डमा उसलाई उपाधि अभियानमा गम्भीर धक्का लाग्नेछ । उपाधिको दाबेदारिता कायम राख्नका लागि थ्रीस्टारलाई यो खेल जित्नै पर्ने दबाब छ । आर्मी भने शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा १० अंकले पछि छ । करिव उपाधि होडबाट बाहिरिसकेको आर्मीले बराबरीमात्र गरेपनि थ्रीस्टारलाई घाटा लाग्नेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने यो खेल दिउँसो साँढे दुई बजे हुनेछ ।

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार ०९:१३