७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

यो मुटुभित्रको प्यार कसले बनायो होला (स्वतन्त्र-गजल)


–सुदामा कृष्ण

यो मुटुभित्रको प्यार कसले बनायो होला ?
अत्यास लाग्ने इन्तजार कसले बनायो होला ?

आखिर बन्द कोठामा म छु अनि छयौ तिमी
यी मनहरु जोड्ने तार कसले बनायो होला ?

साँध छुट्टाउँछ नदि के दोष छ र किनाराको
कहिल्यै नभेटिने वारपार कसले बनायो होला ?

यी प्रश्नहरुको जवाफ तिमि बाटै चाहन्छु म
हामि सँगै नअट्ने संसार कसले बनायो होला ?

न तिम्रो भाग्यमा म न मेरो भाग्यमा तिमी नै
बिडम्बना अभागी निधार कसले बनायो होला ?

यो हाँसो भित्रको पीडा मात्र तिमी बुझ्दछ्यौ
तिम्रो दिमागको आकार कसले बनायो होला ?

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १७:४०