३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

काठमाडाैँमा सयभन्दा बढी पन्च ईभी डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

२६ भदाै, काठमाडाैँ । सार्वजनिक भएको एक हप्तामै टाटा पन्च ईभी डेलिभरी गरिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडा अटो शोमा सार्वजनिक गरेको पन्च ईभी काठमाडौँमा उपत्यकामा डेलिभरी गरेको हो ।

कम्पनीले नाडाको पहिलो दिनमै सयभन्दा बढी बुकिङ लिएर बिक्री सुरु गरेको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी गर्ने योजना रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।

साथै पन्च ईभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भएको पनि बताइएको छ । टाटा पन्च ईभीको शुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १८:१६