आरविवि मर्चेन्टद्धारा लाभांश घाेषणा
२६ भदाै, काठमाडाैँ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट १८ प्रतिशत नगद लाभांश वितरण घाेषणा गरेकाे छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतीशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्टले
चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने रकम ३ करोड ६० लाख (कर सहित) नगद लाभांश वितरण गर्न कम्पनीको नवौं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । आरविवि मर्चेन्टले विगतदेखि नै लगातार नगद लाभांस वितरण गर्दै आएको छ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको साधारण सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा दिउँसो २ बजे बस्नेछ ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १३:२६