१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

नेपाल पुलिस क्लब महिला भलिबल टिमको लागि सिप्रदी ट्रेडिङ मुख्य प्रायोजक

२४ भदाै, काठमाडाैँ । सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिम बिच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीले हस्ताक्षर गर्नुभयो ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिप २०२४, माल्दिभ्स भलिबल संघले यहि २०२४ सेप्टेम्बर १५ तारिख देखि २१ तारिखसम्म आयोजना गर्न लागेको हो ।

उक्त खेलमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, भुटान,भारत, इरान, काजकिस्तान, पाकिस्तान, श्रीलकां, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरि १३ एसियाली वटा राष्ट्रका क्लवहरुले सहभागिता जनाउनेछन ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १६:५७