१ आश्विन २०८१, मंगलवार | Tue Sep 17 2024

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२४ भदौ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ११:०७