४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सहकारी पीडितको आन्दोलनका सबै कार्यक्रम फिर्ता

२४ भदौ, काठमाडौँ । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको सम्पुर्ण माग फिर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित तथा बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो  । यस सहमतिसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । सहमतिपछि सहकारी विभागका उप–रजिस्ट्रारको संयोजकत्वमा ७ सदस्यीय  कार्यदल गठन  भएको छ ।

यसैबीच अनसनमा बसेका सहकारी पिडितहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल र सहकारी विभागका रजिष्ट्रार पिताम्वर घिमिरेलगायतले जुस खुवाएर अनसन तोडाउनुभएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १०:४४