३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

२२ भदौ, चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको  थियो ।

सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात  दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार ०९:३३