३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

रेडियो नेपालको कार्यकारी निर्देशकमा काभ्रेका अमरध्वज लामा

२१ भाद्र, काठमाडौँ । रेडियो नेपालको कार्यकारी निर्देशकमा काभ्रेका अमरध्वज लामा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य समेत रहनुभएका लामालाई रेडियो नेपालको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

dainiki.com

लामो समय रेडियो नेपालमै काम गर्नुभएको लामा पछिल्लो समय रेडियो श्वेत शार्दुलका कार्यकारी प्रमुख हुनुहुन्थ्यो । लामासहित अनिता गुरुङ र दिपक ज्ञावाली तीन जनाको छोटो सूचीमा सिफारिस हुनुभएको थियो । कार्यकारी निर्देशको दौडमा मुख्य पात्र भनेर प्रचारित भएका टीका भण्डारी र दीपक पाठक छोटो सूचीमै समावेश भएनन् । प्रतिस्पर्धामा निवर्तमान कार्यकारी प्रमुख बुद्धिबहादुर केसी समेत रहनुभएको थियो तर उहाँ तीन जनको छोटो सूचीमा समेत पर्नुभएन ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार ०९:३५