३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

-ईश्वर पोखरेल

(तीज मनाइरहनु भएका दिदी बहिनीहरूका लागि )

तिमी आज उपवास बस्यौ..

भोकै बस्यौ, प्यासै बस्यौ,

आफ्नो जीवन साथीका लागि…

आफ्नो दाम्पत्य जीवनको सफलताका लागि

उल्लास छरेर , उपवास बस्यौ…!

समर्थन र समर्पणभावको हिउँचूँली बनेर..

जीवनको सबैभन्दा खुशीको क्षण मानेर…

हाँसो र खुशी छरेर बस्यौ,

भोक, प्यास र सारा थकानलाई कुल्चदै,

हाँसो छरेर बस्यौ , खुशी बाँढेर बस्यौ ।

प्रकृति र सृष्टीको प्रतीक बनेर –

तिमीले विश्वास र समर्पणको

परीक्षा दिदै आएकी छौ,

र,ती प्रत्येक परीक्षामा सगर्व ऊत्तीर्ण

हुँदै पनि आयौ…

तर पनि परीक्षा दिइरहने..

उत्तीर्ण भइरहने तिम्रो संकल्प॔ भने जारी छ !

तिम्रो संकल्पको निरन्तरतालाई

म हृदयदेखि सम्मान चढाउँछु.

र , श्रद्धापूर्वक हात उठाएर तिमीलाई सलाम गर्दछु ।

(नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएको पूर्व उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्नुभएको रचना । उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ ।-सम्पादक)

dainiki.com

 

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार ०८:४५