१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस–एमालेबिच कुनै मतभेद छैन: देउवा

१९ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताउनुभएको छ ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा आफ्नो अभिव्यति व्यक्त गर्दै सभापति देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको बताउनुभएको हो ।

देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने र एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको समेत उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको वाहाँले बताउनुभयो ।

यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई वाहाँले आग्रह गर्नुभयो ।

वाहाँले भन्नुभयो, ‘प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नु पर्छ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर जुन कुरा महत्वपुर्ण छ त्यसमा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन र कति कुरामा समस्याहरू हुन सक्छ त्यसको समाधान गर्नु नै हाम्रो कर्तव्य हो।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १६:४१