३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

टानको अध्यक्षमा एमालेका राजेन्द्र सापकोटालाई पराजित गर्दै माओवादीका सागर पाण्डे विजयी

१८ भदौ, काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका साझा उम्मेदवार राजेन्द्रप्रसाद सापकोटालाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका सागर पाण्डे विजयी हुनुभएको छ ।

सोमबार भएको निर्वाचनको मंगलबार बिहान प्राप्त नतिजामा अध्यक्षमा पाण्डे भारी मतसहित विजयी हुनुभएको हो । उहाँले सापकोटालाई एक सय मतान्तरमा पराजित गर्नुभएको छ । पाण्डेले ५८० मत प्राप्त गर्दा सापकोटाले ४८० मतमात्र प्राप्त गर्नुभयो ।

यस्तै महसचिवममा पनि पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा विजयी हुनभएको छ । उहाँले सापकोटा समुहका राजेन्द्र प्रसाद सुबेदीलाइ पराजित गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै सापकोटा समूहका कर्मा शेर्पा विजयी हुनुभएको छ । पदाधिकारीमा सापकोटा समूहबाट बहुमत उम्मेदवार विजयी भएका छन ।

प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्साल विजयी हुनुभएको छ ।  द्वितीय उपाध्यक्षमा सापकोटा समुहकै सनम शेर्पा विजयी  हुनुभएको छ।

यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा पवित्रा तामाङ, अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार ०६:१८