११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब पुग्यो, अर्थतन्त्रको अनुपातमा ४३.३४ प्रतिशत माथि

१४ भदौ, काठमाडौँ । नेपालको सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ । उक्त ऋण सँगै नेपालको अर्थतन्त्रको आकारको अनुपातमा ४३।३४ प्रतिशत पुगेको छ।

आन्तरिक ऋण १२ खर्ब तीन अर्ब ९० करोड पुगेको छ भने बाह्य ऋण १२ खर्ब ६८ अर्ब ५४ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

साउन महिनामा मात्रै ४३ अर्ब ५९ करोड रूपैयाँ ऋण उठाइएको छ । जसअन्तर्गत आन्तरिक बजारबाट ४० अर्ब  उठाइएको छ भने सहुलियत दरको वैदेशिक ऋण तीन अर्ब ५९ करोड प्राप्त भएको छ।

साउन महिनामा सरकारले २३ अर्ब १८ करोड सार्वजनिक ऋणको सेवा खर्च (सावाँ, ब्याज तथा कमिसन भुक्तानी) गरेको छ भने आन्तरिक ऋण १७ अर्ब सावाँ र तीन अर्ब ६० करोड ब्याज भुक्तानी गरिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १३:४९