११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच समझदारी

१३ भदौ, काठमाडौँ । श्री एयरलाइन्स र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्र बमोजिम सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट रु ५०० छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुनेछ । यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १७:४१