११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

प्रिमियम ‘जिकर एक्स’ मा नगद १० लाख छुट

१२ भदौ, काठमाडौँ । नाडा अटो शो २०२४ को अवसरमा सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले प्रसिद्ध चिनियाँ ब्रान्ड जिलीको प्रिमियम ईभी जिकर–एक्सलाई नेपाल भित्र्याएको छ ।

कम्पनीले नाडा अटो शोको अवसरमा एउटै गाडीमा १० लाख रुपैयाँसम्मको भारी छुट दिएको हो ।

जिकर–एक्स टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसअघि टु ह्वील ड्राइभको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ थियो ।

कम्पनीका अनुसार ४४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।

जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घण्टामा गाडी फुल चार्ज गर्न सक्छ भने डिसी चार्जरले १५० किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।

जिकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार १३:०४