२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

प्रतिनिधिसभा बैठक: आज मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाफ दिने

११ भदौ, काठमाडौँ । आज दिउँसो १ बजे सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ र स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको मन्त्रिहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने  र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस्” भनी  प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको  छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार ०९:४६