२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

नाडा अटो शो आजदेखि शुरु हुँदै

११ भदाै, काठमाडाैँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि शुरु हुँदैछ। सो प्रदर्शनी काठमाडौँको भृकुटी मण्डप प्रदर्शनी स्थलमा भदौ १६ गतेसम्म हुनेछ।

जसमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह–प्रायेजकको रुपमा रहनेछ । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ वटा दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।

यस्तै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ ३३ कम्पनी र ७ वित्तीय संस्थाहरुले समेत शो मा सहभागिता जनाउनेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन।

यसैगरी हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकेटिङ पार्टनरको रूपमा रहनेछ । जसले सहज टिकट खरिद अनुभव प्रदान गर्नेछ। वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ । हिदको प्रालिले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षा र सुरक्षाका लागि निगरानी गर्नेछ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रालि (जेम्स) द्वारा गरिनेछ।

प्रदर्शनीलाई चार पाङ्ग्रे दई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ। अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन् ।

नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार ०८:२९