२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

मोजराजसहित नेकपा एसका तीन अगुवा कार्यकर्ता एमालेमै फर्किए

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा(एमाले)मा प्रवेश गर्नुभएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आजै नेकपा (एमाले)मा प्रवेश गर्नुभयो ।

पार्टीका महासचिव शंकर पोखरेलले उहाँहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गर्नुभयो । गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढ्नुभएको हो । उहाँ अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो ।

प्रा.डा. बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १६:२६