३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

७ भदौ, काठमाडौँ । संखुवासभा केन्द्रविन्दु भएर भूकम्प (भूइँचालो) गएको छ । शुक्रबार अपरान्ह संखुवासभा केन्द्रविन्दु भएर भूइँचालो गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अपरान्ह ३ बजेर ७ मिनेट जाँदा संखुवासभाको गढीडाँडा बजार केन्द्रविन्दु भएर ३ दशमलब ९ म्याग्निच्यूडको भूइँचालो गएको हो । भूकम्पको क्षतिको बारेमा कुनै विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १५:४८