१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नेप्से पुनर्संरचना सुझाव समितिको प्रतिवेदन सार्वजनिक गरिने

१५ माघ, काठमाडाैं। सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधारसँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्से पुनर्संरचना सुझाव समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकाे गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

अर्थ मन्त्री रामेश्वर खनालको प्रस्तावमा गत मंसिर २ गते मन्त्रिपरिषद्ले नेप्से पुनर्संरचनाका लागि अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरेको थियो।

प्रकाशित मिति : January 29, 2026 at 6:04 pm