१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

धितोपत्र बोर्डले माग्यो ६ जना कर्मचारी, कुन पदमा कति ? (सूचनासहित)

७ भदाै, काठमाडाैँ । रिक्त रहेका विभिन्न पदका लागि नेपाल धितोपत्र बोर्डले कर्मचारी मागेको छ।

वरिष्ठ सहायक, सहायक निर्देशकलगायतका पदमाबोर्डले ६ जना कर्मचारी माग गरेको हो । ताेकिएकाे न्युनतम याेग्यता पुगेका उम्मेदवारहरूले बाेर्डकाे वेवसाइट www.sebon.gov.np मा रहेकाे career Tab मा गइ www.career.gov.np बाट अनलाइन मार्फत दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि भदौ २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदनकाे व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १०:५०