१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

आज उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

७ भदाै, काठमाडौँ । शुक्रबार बिहान ११ बजे सङ्घीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएकाे छ । उक्त बैठकका लागि सिंहदरबार स्थित समितिको कार्यकक्षमा बाेलाइएकाे हाे ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा चाडपर्व लक्षित गरी आवश्यक खाद्य वस्तुहरूको सहजी रूपमा आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ताका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ०९:३३