१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना

६ भदाै, काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर राष्ट्रिय वाणिज्य बैंकले एक योजना सार्वजनिक गरेको छ ।

उक्त याेजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा ‘फेस्टिभ अफर अफ भेइकल लोन’ अन्तरगत बैंकले गाडी कर्जा योजना ल्याएको हो ।

बैंकका अनुसार मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने र कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने छ ।

गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी(इभी)को हकमा बढिमा ८० प्रतिशत पेट्रोल र डिजेल बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने र बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने छ । उक्त योजना  भदौ १ देखि कात्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १२:५८