१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

आइएमई लाइफ इन्स्योन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त

५ भदाै, काठमाडाैँ । खिलेन्द्र पौडेल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा  नियुक्त हुनुभएकाे छ ।

जिएमइ र आइएमईको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गर्नुभएकाे हाे ।

वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा  स्मार्ट च्वाइस, आइएमई डिजिटल सोलुसन, सनि सेक्युरिटिज जस्ता कम्पनीका सञ्चालकमा समेत पौडेल कार्यरत हुनुहुन्थ्याे ।

पौडेलले त्रिभुवन विश्वविद्यालयबाट एमबिए फाइनान्स तथा भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्सबाट कार्यकारी वित्तीय व्यवस्थापन र अन्तर्देशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गर्नुका साथै अमेरिकाका हार्भड केनेडी स्कुलबाट समेत पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स गर्नुभएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १४:२२