१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर बनाउन ऋण दिने, यस्ता छन् विशेषता

४ भदाै, काठमाडौँ । नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ ।

तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर रहने बैंकले जनाएकाे छ ।

यस्ता छन् विशेषताः

-आकर्षक र प्रतिस्पर्धी स्थिर ब्याज दर
-छिटाे र पारदर्शी ऋण प्रवाह
-लचिलो ऋण अवधि ३० वर्षसम्म
-समान मासिक किस्ता भुक्तानी
-घटेको बक्यौतामा ब्याज लगाइने
-भवन निर्माणको लागि १२ महिना सम्मको मोरेटोरियम अवधि
-शाखा सञ्जालहरूको विस्तृत दायराबाट ऋण प्रवाह
-सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्श
-सरलीकृत दस्तावेज

कस्ता व्यक्तिले पाउँछन् ऋण ?

आवेदक र सह-आवेदकको उमेर ऋण उत्पत्तिको समयमा न्यूनतम १८ वर्ष र ऋण परिपक्वताको समयमा अधिकतम उमेर ७० वर्ष हुनुपर्नेछकिस्ता चुक्ता गर्न पर्याप्त आय भएका व्यक्तिहरू
तलब पाउने व्यक्ति स्थायी सेवामा हुनुपर्नेछ
स्वरोजगार व्यक्तिले व्यवसाय सञ्चालन गरेकाे कम्तिमा २ वर्ष भएकाे हुनुपर्नेछ
प्लटमा कम्तिमा ८ फिट चौडा सडक मोटर पहुँचको साथ हुनुपर्नेछ
प्लट गुठी वा मोहीबाट मुक्त हुनुपर्नेछ
प्लट उच्च जाेखिम रेखाबाट टाढा हुनुपर्छ
तेस्रो पक्ष स्वीकार्य हुनेछैन

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ११:०९