१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

नेप्सेमा सूर्योदय वोमीको ४६ हजार कित्ता एफपीओ सूचीकृत

२ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।

संस्थाले केही समयपहिले सर्वसाधारणका लागि जारी गरेको एफपीओ आज नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा संस्थाको कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको छ।

कुनै पनि संगठित संस्थाको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउने व्यवस्था छ। तर, भोलि सोमबार जनैपूर्णिमा र पर्सि मंगलबार गाईजात्रा (उपत्यका मात्रै) सार्वजनिक बिदा परेकोले अब सेयर बजार बुधबारमात्रै खुल्नेछ।

सोही कारणले सूर्योदय वोमीको आज सूचीकृत शेयर बुधबारबाट मात्रै कारोबार गर्न मिल्नेछ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १७:३५