१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

पहिरोले अवरुद्ध अरनिको राजमार्ग ४ घण्टापछि खुल्याे

१ भदौ, काभ्रेपलाञ्चोक । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चारघण्टापछि खुलेको  छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आजविहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।

प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताउनुभयो ।  सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो  ।  उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार १२:२४