१३ पुष २०८२, आईतवार | Mon Dec 29 2025

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर सार्वजनिक, यस्ताे छ नयाँ मूल्य

३२ साउन, काठमाडाैँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागतको ब्याजदर घटाएको छ भने व्यक्तिगततर्फको स्थिर राखेको छ ।

बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्ने जनाएकाे छ । यस्तै बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

त्यसैगरी बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३.१० प्रतिशतदेखि ४.१५ प्रतिशत र रेमिट्यान्समा ५.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकको तीन महिनाको औसत आधारदर ६.३८ प्रतिशत रहेको छ । सो आधार दर बैंकले ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ०९:४६