३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

एशियन लाइफ इन्स्योरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

३२ साउन, काठमाडाैँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ३० हजार ४६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

इन्स्योरेन्सको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा जो सुकै व्यक्ति कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । आवेदन दिन अन्तिम मिति भदौ ११ गते निर्धारण गरिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडाैँकाे लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा प्रति कित्ता के कति दरमा खरिद गर्ने हो उल्लेख गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

यसरी बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ०८:५५